हाथवे इन्भेष्टमेन्टको नाफा घट्यो, प्रतिसेयर आम्दानी १.८५ रुपैयाँ मात्रै

98
Shares


काठमाडौं । हाथवे इन्भेष्टमेन्टको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा कम्पनीको नाफा घटेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ७ करोड ५० लाख ३७ हजार रुपैयाा मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३ करोड ९२ लाख ६५ हजार रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको हो ।

कम्पनीको सञ्चालन आम्दानी नै घटेको कारण नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा २३ करोड ३९ लाख ४८ हजार रहेको सञ्चालन आम्दानी १० करोड ४४ हजार रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋणसँगै सेयरमा लगानी पनि बढाएको छ । गत आवको तेस्रो त्रैमासमा करिब २६ करोड ८५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको दायित्व बढाएर ४५ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै १ अर्ब ९३ करोड २२ लाख रुपैयाँबाट बढाएर २ अर्ब ३४ करोड ९४ लाख पुर्याएको छ ।

चैत मसान्तमा १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको करिब २८ करोड ६३ लाख रुपैयाँ छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसामा झरेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १२७१ रुपैयाँ २२ पैसा छ ।