नेप्सेसँगै कारोबार रकम घट्यो, लगानी समूहमा २.१४ प्रतिशतको गिरावट

70
Shares

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ३.५८ अंकले बढेको थियो ।

सोमबार नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी विकास बैंकको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

सोमबार फाइनान्स समूहको सेयर मूल्य १.४० प्रतिशतले बढ्दा लगानी समूहमा २.१४ प्रतिशतको गिरावट आएको छ ।