उड्डयनको क्षेत्रको भ्रष्टाचारका दोषीलाई कारबाही हुन्छ: मन्त्री पाण्डे

14
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषीलाई आवश्यक कारबाही गर्न कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको बताए ।

प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालयले दृढताका साथ काम गर्ने बताए ।

सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उनले बताए ।

अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।