
काठमाडौं । बनेपास्थित आरुन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफियर कोरको हस्पिटालिटिले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त्यतिर एटमोसफियर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो सहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथा लगाएत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफियर कोर गु्रपकै प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको बिलासी पर्यटकीय गन्तव्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तव्यको खोजीमा रहने बताए । सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तव्य, उच्चस्तरीय ग्राहकलाई पस्कन पाउँदा हर्षित रहेको नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफियर कोरका प्रबन्ध निर्देशक सौभाग्य महोपत्राले उल्लेख गरे ।

आरुन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो । लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफियर कोरसँग साझेदारी गर्नु स्वभाविक भएको र आतिथ्यताको दृष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्राहक सेवा र लामो अनुभवले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसार नै मिलेको बताए । थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तव्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ ।
रिसोर्टमा मनमोहक दृष्य हेर्न मिल्ने ठूला ठूला झ्याल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटसहरु हुनेछन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।












प्रतिक्रिया