सान्भि इनर्जीः यस्ता छन् वित्तीय अवस्था र ठूला लगानीकर्ता, कहिले पाइन्छ प्रतिफल ?

217
Shares

काठमाडौं । सान्भि इनर्जी कम्पनीले अहिले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ । पुस मसान्तसम्म कम्पनीले १२ करोड १२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२४.२० रुपैयाँ छ ।

आगामी असार मसान्तमा कम्पनीको नाफा १८ करोड ७७ लाख ८४ हजार, प्रति सेयर आम्दानी ९.८१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२१.३३ रुपैयाँ पुुग्ने लक्ष्य राखिएको छ ।

यस्तै आव २०८२/०८३ मा २८ करोड ४७ लाख ७२ हजार रुपैयाँ नाफा पुग्ने, प्रति सेयर आम्दानी ९.५३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३२.३६ रुपैयाँ पुुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८३/०८४ मा कम्पनीको नाफा ४० करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा पुग्ने, प्रति सेयर आम्दानी १२.८५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४६.३१ रुपैयाँ पुुग्ने प्रक्षेपण रहेको छ ।

आयोजनाले इलाम जिल्लाको जोगमाई खोलामा ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजनाका लागि विद्युत उत्पादन अनुमति २०६९ चैत २९ गते लिएको हो । यस्तै ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाका लागि २०७६ माघ १३ सरकारबाट अनुमति पाएको थियो ।

जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ र जोगमाई क्यासकेड जलविद्युत आयोजनाको कूल अनुमानित लागत १ अर्ब ९१ लाख १३ हजार रुपैयाँ छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ रहेको छ ।

आयोजनामा संस्थापक सेयरधनीको स्वामित्व ५६.९३ प्रतिशत, आयोजना प्रभावितको १० र सर्वसाधारण नेपालीको ३३.०७ प्रतिशत सेयर स्वामित्व हुने छ ।

यो कम्पनीमा २६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी छन् । कम्पनीमा अनुप आचार्यको ३ लाख २८ हजार ८८७ कित्ता, भानुुभक्त पोखरेलको २ लाख ३९ हजार ७०८ कित्ता, दिकी लमु काजीको ३ लाख ५५ हजार १९८ कित्ता, काशीराम पौड्यालको १ लाख, आरती बर्तौलाको १ लाख, हरि बाबुु न्यौपानेको ५७ हजार ४३४ कित्ता, दिपक बरालको १ लाख ५० हजार, भगवती अधिकारीको १ लाख ८० हजार ७७० कित्ता, रीता अधिकारी बरालको ६५ हजार ३१० कित्ता, प्रकाश बरालको ५७ हजार ६९० कित्ता सेयर स्वामित्व छ ।

नन्दा कुमारी प्रसाई बाँस्कोटाको ६० हजार, कल्पना पोखरेल २ लाख २० हजार, मनोज कुमार सिंहको ५० हजार, डा. शान्ति रेग्मीको ६० हजार, निरा गरतौला पोखरेलको २ लाख ४९ हजार २५० कित्ता, डा. निभा पोखरेल २ लाख १ हजार ३०५, सम्झना पोखरेलको २ लाख ५० हजार कित्ता, श्रेयन पोखरेलको १ लाख ९१ हजार २६४ कित्ता सेयर स्वामित्व छ । सिरत आचार्यको २ लाख ५० हजार, सुरभी आचार्यको २ लाख ५० हजार, प्रकाश पोखरेलको २ लाख ५० हजार, विनादेवी पन्त २ लाख ५० हजार, अजित थापा २ लाख ५० हजार र मुनु मल्लको २ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ ।

हाल कम्पनीको अध्यक्षमा अनुप आचार्य, प्रबन्ध सञ्ंचालकमा भानुुभक्त पोखरेल, सञ्चालकमा दिपक बराल, हरि बाबु न्यौपोन, बन्दना पोखरेल, श्रेयन पोखरेल, नारायण प्रसाद पौड्याल रहेका छन् ।