३२ अंकले घट्दै नेप्से २६५५ विन्दुमा, अधिकांश सूचक राताम्य

84
Shares

काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से ९.९६ अंकले, सोमबार ७.७५ अंलके र आइतबार १६.६८ अंकले घटेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

बुधबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा ७ अर्ब ९२ करोड, सोमबार ८ अर्ब ५० करोड र आइतबार ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।