प्रधानमन्त्रीको प्रश्न: केपी ओली नभएको एमाले किन खोजिँदैछ ?

497
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूबिनाको एमाले र एमालेबिनाको देश भन्दै प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले त्यसको जवाफ २०८४ सालको निर्वाचनबाट दिने उल्लेख गरे ।

ओलीबिनाको एमाले राम्रो मनासायका साथ आएको भए आफू हट्न तयार भएको उनको भनाइ छ ।

‘केपी ओली नभएको एमाले किन खोजिँदैछ? यदि मनसाय राम्रो भएको भए म आफैँ पछि हट्थेँ,’ उनले भने, ‘अब भनिँदैछ- केपी ओलीबिनाको एमाले, र एमालेबिनाको नेपाल चाहिएको छ रे ! आउनुहोस्, ‘मिशन ८४’ मा हेर्नेछौँ ।’

उनले एमाले अहिले ‘मिशन ८४’ मा केन्द्रित रहेकोले त्यसको जवाफ त्यति बेलै दिने उनको भनाइ छ ।

उनले शक्ति प्रदर्शनका लागि फेरि एकपटक मेची–महाकाली यात्रा गर्ने तयारी भइरहेको जनाए ।