रवि लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो

1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण निवेदन माथिको सुनुवाइ आज नहुने भएको छ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासको दोस्रो नम्बरमा लामिछानेको निवेदन परेको भए पनि हेर्न नमिल्नेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

आइतबार रविपत्नी निकिता पौडेल रिट लिएर सर्वोच्च पुगेकी थिइन् ।

निवेदनमा लामिछानेले प्रचलित कानुन तथा नेपालको संविधान विपरीत आफूलाई थुनामा राखिएको उल्लेख गरेका छन् । संविधानले गैरकानुनी थुनाविरुद्ध बन्दी प्रत्यक्षीकरणमार्फत राहत खोज्ने अधिकार सुनिश्चित गरेको छ।

यसअघि पनि लामिछानेले उच्च अदालतको थुनासम्बन्धी आदेश गैरकानुनी भएको दाबी गर्दै अर्को निवेदन सर्वोच्चमा दर्ता गरेका थिए । सो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।

Skip This