
काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।
सभापति शेरबहादुर देउवा आइतबार थाइल्याण्ड प्रस्थान गरेसँगै उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।
उनकाअनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
परराष्ट्र मन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु, छोरा बुहारीसहित उनी थाइल्याण्ड गएका हुन् ।








प्रतिक्रिया