
बुटवल । बुटवलमा एक युवतीमाथि अज्ञात व्यक्तिले गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्ध नगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बुटवल ११ मा बस्ने युवतीमाथि गोली चलेको जानकारी दिए । कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ ।
उनको कम्मरमाथि गोली लागेको छ । पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल ११ बुद्धनगर बस्दै आएकी थिइन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गोली प्रहार गर्नेको प्रहरी खोजीका लागि नेपाल भारत सीमा नाकामा कडाइ गरेको छ ।










प्रतिक्रिया