
काठमाडौं । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केहि क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।
यस्तै उच्च पहाडी तथा हिमाली केहि भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।








प्रतिक्रिया