धरानका मेयर साम्पाङविरुद्ध रुख काटेको आरोपमा छानबिन सुरु

1k
Shares

विराटनगर । धरान उपमहानगरपालिका मेयरमाथि डिभिजन वन कार्यालयले छानबिन सुरु गरेको छ।

धरान उपमहानगरपालिका–२० स्थित बिष्णुपादुका सामुदायिक वनमा नगर प्रमुख साम्पाङले फायर लेन बनाउने भन्दै आफूखुसी रुख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो ।

साम्पाङले चैत १९ गते मेसिन प्रयोग गरेर सामुदायिक वन क्षेत्रमा रुख फडानी गरेको उजुरी कार्यालयमा परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका सुनसरीका प्रमुख खुद्रोस मियाँका अनुसार बिनाअनुमति रुख काटिएको विषयमा उजुरी परेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिको संयोजकमा बिष्णुपादुका सब-डिभिजन वन अधिकृत महेश कुमार शाह छन् । यस्तै, पञ्चकन्या सब-डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य रहेका छन् ।

छानबिन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेपछि वन ऐनअनुसार आवश्यक कारबाही हुने कार्यालयले जनाएको छ ।

उनले वन क्षेत्रभित्र कसैले पनि अनुमति विना रुख काट्न नपाउने स्पष्ट पारे।