
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले अहिलेको सरकार स्थिर रहेको दाबी गरे ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ऐतिहासिक र बलिदानी पार्टीहरू देशको स्थायित्व र विकासका लागि संयुक्त भएको तर्क गरे।
प्रधानमन्त्री ओलीले विकास र सुशासन सुनिश्चित गर्न अहिलेको सरकार प्रतिवद्ध रहेको बताए । उनले देशवासीलाई हल्लाको पछाडि नलागी ढुक्क भएर विकासमा ध्यान दिन आग्रह गरे ।
केही समयअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवन पुगेर नयाँ वर्ष लागेसँगै सरकार ढल्ने दाबी गरेका थिए ।








प्रतिक्रिया