देउवा निवासको बैठकपछि कांग्रेसले भन्यो: प्रचण्डले भन्दैमा सरकार ढल्दैन

630
Shares

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनेकै आधारमा सरकार नढल्ने स्पष्ट पारेको छ ।

बिहीबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डले भनेकै आधारमा सरकार तलमाथि नहुने बताएका हुन् ।

‘सरकारको प्रतिपक्षमा रहेको दलले सरकार ढलोस् भन्ने चाहना राख्नु स्वाभाविक हो। तर, प्रचण्डजीको भनाइका आधारमा सरकार बन्ने वा ढल्ने होइन,’ उनले भने ।

कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा केही असमझदारी देखिएको चर्चाकाबीच सभापति शेरबहादुर देउवाले उक्त बैठक बोलाएका थिए ।

उनले सरकारलाई अझ अशक्त रुपमा अगाडि बढाउनेबारे बैठकमा छलफल भएको उनले बताए ।

‘गठबन्धन दलबीच अझ बढी समन्वय र सन्तुलन आवश्यक छ,’ उनले भने, ‘सरकारलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्छ।’