
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तसमेत रहेका मन्त्री गुरुङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनका लागि क्षमतावान गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको जिकिर गरे ।
सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको मन्त्री गुरुङले जानकारी दिए ।
सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने उनले बताए ।
‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएका कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक होइन, ‘ उनले भने, ‘ हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’
उनले गभर्नरको समस्या चाँडै समाधान हुने बताए ।
अहिले पनि निमित्तको भरमा नभइ कार्यवाहक नै दिएर गभर्नरको काम भइरहेको मन्त्री गुरुङले बताए ।







प्रतिक्रिया