गुट्खा र खैनी बिक्री बितरणमा रोक


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको अभियोगमा गुटखा र खैनी बिक्रीमा रोक लगाएको छ ।

विभागको टोलीले करेन्ट गुटखा, भोला गुटखा, भोला फवार खैनी, जित खैनीलगायतको बिक्री बितरणमा रोक लगाएको हो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार काठमाडौं महानगरपालिका १७ स्थित पशुपति ट्रेडिङ्ग कन्सर्न र ललितपुर महानगरपालिका २ स्थित पशुपतिनाथ इन्टरनेशनल विजनेश प्राइभेट लिमिटेडलाई यस्ता सामाग्री बिक्री बितरण नगर्न रोक लगाएको हो ।