२०८२ साल बैशाख ३ गते बुधबार: कुन राशिलाई कस्तो ?


आज मिति विक्रम संवत् २०८२ साल बैशाख ३ गते बुधबार। अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल १६ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ चौलागा। संवत्सर सिद्धार्थी रहेको छ। सूर्य उत्तरायणमा छन्। अहिले वसन्त ऋतु चलिरहेको छ। आज वैशाख कृष्णपक्षको तृतीया तिथि रहेको छ। बिहान १० बजेर ५५ मिनेटपछि चतुर्थी प्रारम्भ हुनेछ। नक्षत्र अनुराधा रहेको छ। बिहान ३ बजेर ३८ मिनेटपछि ज्येष्ठा लाग्नेछ। आज व्यतीपात योग रहेको छ। राति १० बजेर २९ मिनेटपछि वरियान् योग सुरु हुनेछ। करण भद्रा रहेको छ। बिहान १० बजेर ५५ मिनेटपछि वव र राति ११ बजेर ४५ मिनेटपछि वालव करण रहनेछ। चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन्। आनन्दादि योगअनुसार आज सौम्य योग रहेको छ। आजको दिनमान १२ घण्टा ४९ मिनेटको छ। सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा हुनेछ भने सूर्यास्त बेलुका ६ बजेर २९ मिनेटमा हुनेछ। दिन विशेष-भद्रा बिहान १० बजेर ५५ मिनेटसम्म रहनेछ। आज साखु यात्रा, सकोयात, भक्तपुरमा ब्रह्माणी यात्रा तथा स्वामी शशिधर जयन्ती परेको विशेष दिन रहेको छ।

मेष राशि
आज बैंकिङ, जीवन बीमा, निर्माण सामग्री र कृषि उपकरणमा गरिएको लगानी लाभदायक हुने देखिन्छ। तर विलासी वस्तु व्यवसाय र सेयर बजारमा छोटो समयको ट्रेडिङबाट टाढा रहनु नै उत्तम हुनेछ। जलविद्युत, लघुवित्त र निर्माण सामग्री क्षेत्रका सेयरहरूले राम्रो प्रतिफल दिने सम्भावना छ। स्वास्थ्यतर्फ टाउको दुख्ने र रक्तचाप असन्तुलनको समस्या देखिनसक्छ। त्यसैले ध्यान र श्वासप्रश्वासमा केन्द्रित हुनुहोस्। आज तपाईलाई हनुमानको कृपा प्राप्त हुनेछ, “ॐ हनुमते नमः” मन्त्रको जप गर्नुहोस्। शुभ रङ रातो रहनेछ भने खैरो रंग अशुभ हुन सक्छ। शुभ दिशा दक्षिणपूर्व हुनेछ, उत्तरपश्चिमतर्फ यात्रा नगर्नु राम्रो। आजको शुभ अंक सात हो, अशुभ अंक पाँच।

वृष राशि
आज होटल, रेष्टुरेन्ट, सौन्दर्य सामग्री र खाद्य प्रसोधन उद्योगमा लगानी गर्नु उपयुक्त हुनेछ। तर सवारीसाधन कारोबार र धातुजन्य वस्तुमा लगानी गर्दा सावधानी अपनाउनुहोस्। लघुवित्त, बीमा र ऊर्जा सम्बन्धी सेयर लाभदायक रहनेछन्। पेटको गडबडी र आँतसम्बन्धी समस्या देखिनसक्छ। सफा पानी र हल्का खाना खानुहोस्। आज विष्णुको कृपा रहनेछ, “ॐ नमो भगवते वासुदेवाय” मन्त्रको जप गर्नुहोस्। शुभ रङ गुलाबी, अशुभ रङ कालो। शुभ दिशा पूर्व, अशुभ दिशा दक्षिणपश्चिम। शुभ अंक तीन, अशुभ अंक आठ रहेको छ।

मिथुन राशि
सञ्चार, शिक्षाप्रणाली, विज्ञापन र पुस्तक प्रकाशनमा लगानीको समय हो। तर इन्धन र मादक पदार्थको कारोबारबाट बच्नु राम्रो हुनेछ। बैंकिङ, सूचना प्रविधि र लघुवित्त सेयर लाभदायक देखिन्छन्। श्वासप्रश्वास र टन्सिल सम्बन्धी समस्या देखिनसक्छ। तातो पानी र नुनको बतास गराउनु उपयोगी हुन्छ। बुधको आशीर्वाद रहने दिन, “ॐ बं बुद्धाय नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ पहेँलो, अशुभ रङ निलो। शुभ दिशा उत्तरपूर्व, अशुभ दिशा पश्चिम। शुभ अंक चार, अशुभ अंक दुई रहेको छ।

कर्कट राशि
जलसम्बन्धी उद्योग, डेरी उत्पादन, फार्मेसी र सेवा क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ। तर रियल स्टेट र विलासी सामानको कारोबारबाट टाढा रहनुहोस्। जीवन बीमा, उर्जा र होटल समूहका सेयर लाभ दिनेछन्। छाला तथा एलर्जीजन्य समस्याले सताउन सक्छ, धुलो, धुँवा र रासायनिक पदार्थबाट बच्नुहोस्। लक्ष्मीको कृपा रहनेछ, “ॐ श्री महालक्ष्म्यै नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ सेतो, अशुभ रङ निलो। शुभ दिशा पश्चिम, अशुभ दिशा उत्तर। शुभ अंक दुई, अशुभ अंक छ।

सिंह राशि
ऊर्जा, विद्युतीय उपकरण, अन्तराष्ट्रिय व्यापार र इन्फ्रास्ट्रक्चर क्षेत्रमा लगानीको राम्रो सम्भावना छ। तर डेरी व्यवसाय र भोगबिलासका सामग्रीबाट केही दूरी कायम गर्नुहोस्। ऊर्जा, लघुवित्त र निर्माण क्षेत्रका सेयरले फाइदा पुर्‍याउनेछन्। पाचन प्रणालीमा समस्या आउनसक्छ। मसलायुक्त खाना कम गर्नुहोस्। सूर्यदेवको कृपा रहनेछ, “ॐ घृणि सूर्याय नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ सुन्तला, अशुभ रङ खैरो। शुभ दिशा दक्षिण, अशुभ दिशा उत्तर। शुभ अंक नौ, अशुभ अंक पाँच।

कन्या राशि
लेखा, हिसाबकिताब, अनुसन्धान तथा सूचना प्रविधिमा लगानी गर्नु लाभदायक हुनेछ। तर सट्टेबाजी वा चिट्ठा कारोबारबाट बच्नुपर्छ। बीमा, सूचना प्रविधि र बैंकिंग सेयर लाभदायक देखिन्छन्। आँखाको दृष्टि र नाक-घाँटीमा सामान्य समस्या देखिनसक्छ। सफा वातावरणमा रहनुहोस्। दुर्गा माताको आशीर्वाद रहने दिन, “ॐ दुर्गायै नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ हरियो, अशुभ रङ रातो। शुभ दिशा उत्तरपूर्व, अशुभ दिशा दक्षिणपश्चिम। शुभ अंक आठ, अशुभ अंक तीन रहेको छ।

तुला राशि
न्यायिक सेवा, सौन्दर्य प्रसाधन, डिजाइन र अनलाइन सेवामा लगानी राम्रो हुनेछ। तर विलासी सामग्री र फोहोर–सफा सेवा कारोबारमा लगानी नगर्नु उचित हुन्छ। दूरसञ्चार, बीमा र टेलिभिजनसम्बन्धी सेयर लाभदायक हुनेछ। कम्मर दुख्ने वा थकानको अनुभव हुनसक्छ। आराम र फिजियोथेरापी उपयोगी हुनेछ। पार्वतीको कृपा प्राप्त हुनेछ, “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” मन्त्र जप गर्नुहोस्। शुभ रङ सेतो, अशुभ रङ कालो। शुभ दिशा पूर्व, अशुभ दिशा पश्चिम। शुभ अंक छ, अशुभ अंक चार रहेको छ।

वृश्चिक राशि
सुरक्षा सेवा, गुप्त अनुसन्धान, सर्जरी उपकरण र औषधी उद्योगमा लगानी लाभदायक हुने दिन हो। तर सेयर बजारमा अति लोभ गर्ने बानीबाट बच्नुपर्छ। फार्मेसी, लघुवित्त र उर्जा सेयरमा राम्रो मुनाफा देखिन्छ। छातीमा जाडो लाग्ने वा खोकीको समस्या देखिनसक्छ। न्यानो कपडा लगाउनु उपयुक्त हुन्छ। कालभैरवको आशीर्वाद रहनेछ, “ॐ कालभैरवाय नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ रातो, अशुभ रङ हरियो। शुभ दिशा दक्षिण, अशुभ दिशा उत्तर। शुभ अंक एक, अशुभ अंक सात रहेको छ।

धनु राशि
धर्म पर्यटन, शिक्षा, अध्यात्मिक संस्था र वैदेशिक अध्ययनमा लगानी उपयुक्त हुनेछ। तर अल्पकालीन व्यापार वा अनलाइन सट्टेबाजीबाट टाढा रहनु उत्तम हुनेछ। शिक्षा, पर्यटन र होटल समूहका सेयरहरू लाभदायक हुनेछन्। ज्यान थाक्ने र मांसपेशी दुख्ने समस्या देखिनसक्छ। गर्म पानीको स्नान उपयोगी हुन्छ। नारायणको आशीर्वाद रहनेछ, “ॐ नारायणाय नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ बैजनी, अशुभ रङ नीलो। शुभ दिशा उत्तर, अशुभ दिशा दक्षिणपश्चिम। शुभ अंक पाँच, अशुभ अंक दुई रहेको छ।

मकर राशि
सरकारसँग सम्बन्धित ठेक्का–सम्झौता, खानी व्यवसाय र सुरक्षा उपकरणमा लगानी गर्नु लाभदायक हुनेछ। तर अत्यधिक विलासी जीवनशैलीमा लगानी नगर्नु राम्रो हुन्छ। खानी, बीमा र सरकारी लगानी सम्बन्धी सेयर फाइदाजनक देखिन्छन्। हड्डी तथा जोर्नीसम्बन्धी समस्या देखिनसक्छ। भिटामिन डि र क्याल्सियमयुक्त भोजन लिनुहोस्। शनिदेवको कृपा रहनेछ, “ॐ शं शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ खैरो, अशुभ रङ रातो। शुभ दिशा दक्षिण, अशुभ दिशा उत्तरपूर्व। शुभ अंक दुई, अशुभ अंक रहेको छ।

कुम्भ राशि
प्रविधि, नवप्रवर्तन र अनुसन्धान केन्द्रहरूमा लगानी गर्नु उपयुक्त हुनेछ। तर सट्टेबाज र गुमराह गराउने योजनाबाट सावधान रहनुपर्छ। सूचना प्रविधि, ऊर्जा र विकास बैंक सेयर लाभदायक छन्। रक्तचाप र टाउको दुख्ने समस्या हुनसक्। समयमै विश्राम लिनुहोस्। शिवको कृपा रहनेछ, “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्। शुभ रङ निलो, अशुभ रङ पहेँलो। शुभ दिशा पश्चिम, अशुभ दिशा पूर्व। शुभ अंक चार, अशुभ अंक नौ रहेको छ।

मीन राशि
कलात्मक उत्पादन, आयुर्वेद, जल उद्योग र संगीत सम्बन्धी क्षेत्रमा लगानीको राम्रो सम्भावना छ। तर ठूला उद्योग वा कारखाना लगानीमा सतर्कता अपनाउनुहोस्। आयुर्वेद, जीवन बीमा र पर्यटन सेयर फाइदाजनक छन्। पाचन प्रणाली कमजोर हुनसक्छ। सजिलो र सुपाच्य भोजन लिनुहोस्। विष्णुको कृपा प्राप्त हुनेछ, “ॐ विष्णवे नमः” मन्त्र जप गर्नुहोस्। शुभ रङ बैजनी, अशुभ रङ कालो। शुभ दिशा उत्तर, अशुभ दिशा दक्षिण। शुभ अंक तीन, अशुभ अंक आठ रहेको छ।