
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
गत बिहीबारयता लगातार बढिरहेको सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढ्दै अहिलेसम्मकै महँगो बनेको थियो ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार सात सय रुपैयाँ पुगेको थियो जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
मंगलबार भने सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ लाख ८४ हजार तीन सय रुपैयाँ मूल्य तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
दुई दिनमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया