
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार सार्वजनिक गरिएको शुभकामना सन्देशमार्फत् उनले सो घटनाको उल्लेख गरेका हुन् ।
तीनकुने घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजाको प्रतिक्रिया माग गर्दै आएका थिए । शाहले भिडियो सन्देशमा भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा देखिएको हिंसा, आगजनी र तोडफोडका कारण भएको मानवीय र भौतिक क्षतिले हामीलाई गहिरो पीडा दिएको छ ।’
चैत १५ गते तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको थियो । सो प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसमेत दुई जनाको ज्यान गएको थियो ।
यस्तो छ, पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्ष शुभकामना सन्देशः
प्रतिक्रिया