इसेवामा २ सय जनालाई रोजगारीको अवसर, १२ कक्षा पासले बायोडाटा पठाउन सक्ने

1.7k
Shares

काठमाडौं । डिजिटल वालेट कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले दुई सय जना बजार प्रतिनिधि माग गरेको हो ।

कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको जनाएको छ।

१२ कक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् ।

आवेदकले [email protected] मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो बायोडाटा पठाउन सक्ने छन् ।