भैरहवा एयरपोर्ट चलाउन संघीय सरकारलाई स्थानीय तहको दबाब, सबै मन्त्रीलाई ज्ञापनपत्र

154
Shares


काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन स्थानीय सरकारले केन्द्रलाई दबाव दिने रणनीति अगाडि सारेको छ । भैरहवाको गौतमबुद्ध विमानस्थल आफ्नो क्षेत्रभित्र पर्ने भएकोले केन्द्रलाई दबाव दिन अगुवाई आफूहरुले गर्ने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले क्लिकमान्डुलाई बताए ।

उनले भने, ‘केन्द्रीय सरकारको उपेक्षामा परेको र नेपाल नागरिक उड्डयन प्राधिकरणको बेवास्थाका कारण अप्रिलदेखि सुरु भएको समर सिजनमा कुनै वायु विदेशी वायुसेवाले उडान तालिका नै राखेनन् । यस अघि विन्टर सिजनमा उडान सुरु गरेको केही वायुसेवा पनि काठमाडौं केन्द्रित भएका कारण भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ठप्प छ ।

राज्यले भौतिक पूर्वाधारमा निर्मामा मात्रै करिब ८ अर्ब रुपैयाँ खर्च गरेको यो विमानस्थलमा सरकारदेखि हालसम्म निजी क्षेत्रले गरेको लगानी अनुत्पादक भएको छ । लगानी गर्दा व्यवसायीले लिएकाे ऋण विमानस्थल नचलेका कारण गलपासाे भएकाे पनि स्थानीय व्यवासायीकाे गुनासाे छ ।

यो विमानस्थल सञ्चालनमा आउँछन भने र भैरहवामा क्षेत्रमा होटल क्षेत्रमा भएको लगानी खेर गइरहेको छ भने अन्य व्यवासायीको अपेक्षामा पनि तुसारापात लागेको छ । भैरहवा विमानस्थल बोझ नभएर राज्यको आवश्यकता हो भने यसलाई सञ्चालन गराउन नसक्दा निजी क्षेत्रको लगानी डुबेको तथा यो क्षेत्रको विमानको गति नै रोकिएको भन्दै केन्द्रलाई दबव दिने नेतृत्वको अगुवाई आफूहरुले गर्ने पनि नगरप्रमुख खाँले बताए ।

उनले भने ‘प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई ज्ञापनपत्र दिँदै छु । यस अघि पटक पटक आग्रह भेटघाट र ज्ञापनपत्र भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेलाई भने दिइसहेको उनले बताए ।

उनले भने ‘सबै मन्त्रीलाई ज्ञापनपत्र दिँदै र मन्त्रिपरिषदसम्म आफ्ना एजेन्डा लैजान दबाब दिने गरी काम गर्ने रणनीति बनाइएको छ । ‘भैरहवामा निजी क्षेत्रले अर्बौ लगानी लगाएको र त्यो डुब्नु भएको लुम्बिनी क्षेत्रको, देशको मात्रै सवाल नभएर अन्तर्राष्ट्रिय चासो र चिन्ताको विषय भएको पनि उनले बताए ।

भैरहवा विमानस्थल सञ्चालन गर्ने विषयमा सरकारलाई विकल्पसहितको ज्ञापनपत्र बनाउने काम भइरहेको छ । सिद्धार्थनगरका मेयर खाँले भने, ‘संघीय सरकारले बजेट बनाइरहेकोले केही दिनभित्रै भैरहवा विमानस्थलाई समेट्न आग्रह गर्ने छु । त्यसका लागि मन्त्रीहरुलाई दिने ज्ञापनपत्र बोकेर आउने पनि उनले बताए ।