बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

1.4k
Shares

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र शनिबार साँझ ठूलो आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिन दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्त औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास कम्पनीको कारखानासमेत छ ।

आगलागीबाट वरपरको बस्ती प्रभावित हुने सम्भावनाका कारण स्थानीयवासीलाई सुरक्षित रहन प्रहरीले चेतावनी जारी गरेको छ ।