वीरगञ्जमा दुई समुदायबीच झडप : कम्तिमा एक दर्जन मोटरसाइकल र पसलमा तोडफोडका साथै आगजनी, आठजना घाइते

1.8k
Shares

काठमाडौं । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा शनिबार निकालिएको शोभायात्राको क्रममा दुई समुदायबीच झडप भएको छ ।

शोेभायात्राको क्रममा वीरगञ्जको छपकैया चौकमा दुई समुदायबीच झडप भएको छ । शोभायात्रामा अर्को समुदायले घरको छतबाट ढुङ्गा हानेको आरोप लगाउँदै शोेभायात्रामा सहभागी समूहले तोडफोड गरेका थिए ।

उनीहरुले अर्को समुदायले सञ्चालन गरेको होटलमा समेत तोडफोड गरेका छन् ।

करिब आधि दर्जनको संख्यामा बिरयानी हाउससहित विभिन्न प्रकारका पसलहरुमा तोडफोड र आगजनी भएको छ भने एक दर्जन मोटरसाइकलमा आगजनी भएको छ । झडपमा परी कम्तिमा ८ जना घाइते भएका छन् ।

झडपमा स्थानीयबासीसहित प्रहरी घाइते भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केहि थान अश्रृग्याँस छाडेको छ । प्रहरीले लाठि चार्जसमेत गरेको छ ।