सुनको मूल्य आज एकैदिन ३ हजार ९ सय बढ्यो, अहिलेसम्मको महँगो बन्दा कति पुग्यो मूल्य ?

980
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार अहिलेसम्मको महँगो बनेको सुनको मूल्य आज पनि बढ्दै फेरि रेकर्ड बनाएको हो ।

आज सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मू्ल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ९०५ रुपैयाँ तोकिएको छ ।

विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो । व्यावसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको बताउँछन् ।