
ललितपुर । सूर्यज्योतिद्वारा इकर्जा तथा डिजिटल कार्डको सुरुवात गरेको छ । सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र इकर्जा सेवाके सुरुवात गरेका छन ।
कम्पनीले सदैव नविनतम प्रविधिमा जोड दिदै सेवाहरुमा परिमार्जित र परिस्कृत गर्दै लैजाने कुरामा जोड दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले दाबी भुक्तानी लाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन ।
र्यक्रमलाई सम्बोधन गर्दै उनले ग्राहकको हित र सेवाका लागि सधै समर्पित भएर अगाडि बढेका बताएका हुन ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्थापना काल देखिनै विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गरि आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहको छ ।
कम्पनीद्वारा बीमितहरुलाई अझ थप सरल तथा सहज किसिमले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जा सम्बन्धि नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिनसकिने इकर्जा प्रस्तुत गरेकोछ ।
जीवन बीमा कम्पनीहरुबाट जारी हुने बीमालेखको शर्त तथा सुविधा अनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमाशुल्क प्राप्त भए भए पश्चात बीमालेख अन्तर्गत कर्जा रकम दिइने प्रावधान रहेको छ ।
३ वर्ष पश्चात बीमालेखमा जम्मा हुने नगद मुल्य रकम बाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशत सम्म कर्जा लिन सकिने प्रावधान रहेकोछ ।








प्रतिक्रिया