राजेन्द्र लिङ्देनलाई बालेनको कटाक्षः कसले फोहोर गर्ला र जरिवाना तिराउँला भनेर बसेका छैनौं

644
Shares

काठमाडौं । महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जवाफ दिएका छन् । कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन भन्दै बालेनले लिङ्देनको कटाक्ष गरेका हुन् ।

बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर उद्देश्य रहेको भन्दै ‘कसले फोहोर गर्छ र जरिवाना तिराउने’ भन्दै महानगर नबसेको बताए ।

बालेनले राप्रपाले मंगलबार गरेको कार्यक्रममा आफैं सरसफाइ गरेको भन्दै धन्यवाद दिएका छन् । यसअघि राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कैदै गर्दा एयरपोर्टबाट निर्मल निवाससम्म र्‍याली सहित लैजाँदा संरचनामा क्षति र फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

महानगर क्षेत्रभित्र कुनै सभा गर्ने र फोहोर तथा भौतिक संरचनमाक्ष्ति पुर्याएमा महानगरले जरिवाना तिराउँदै आएको छ । शुक्रबार राप्रपाले बल्खुमा गरेको खबरदारी सभापछि राप्रपा अध्यक्ष लिङदेनले बालेनलाई हिरो बनेर पत्र नकाट्न भन्दै कार्यक्रममा सहभागि कार्यकर्ताले नै फोहोर सफा गर्ने बताएका थिए ।

कार्यक्रमस्थलमा विशेष सूचना भन्दै माइक समाउँदै लिङदेनले भनेका थिए, ‘एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई । यो काठमाडौं महानगरभित्र पर्छ होइन र ? बालेनजीले आजको कार्यक्रमको बारेमा धेरै हिरो बनेर पत्र नकाट्न म आग्रह गर्छु । हाम्रा साथीहरुले आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही पनि फोहोर रहनेवाला छैन । पत्रकार, नागरिक समाजले अनुगमन गर्नुहोला । भोली फोहोर गरेवापत भनेर चिठी नआओस् ।’