लिङदेनले भने- ‘बालेनजी धेरै हिरो बनेर पत्र नकाट्नुस्, फोहोर हामी आफैं सफा गर्छौं’

238
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धेरै हिरो बनेर पत्र नकाट्न चेतावनी दिएका छन् ।

कार्यक्रमस्थलमा विशेष सूचना भन्दै माइक समाउँदै लिङदेनले भने, ‘एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई । यो काठमाडौं महानगरभित्र पर्छ होइन र ? बालेनजीले आजको कार्यक्रमको बारेमा धेरै हिरो बनेर पत्र नकाट्न म आग्रह गर्छु । हाम्रा साथीहरुले आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही पनि फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला । भोली फोहोर गरेवापत भनेर चिठी नआओस् ।’