
काठमाडौं । राजा चाहिन्छ भनेका कारणले नै हामीलाई थुन्ने हो भने जेल खाली गर्नु र लाखौ मान्छे थुनिन तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले बताएका छन् ।
उनले बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै भने ‘हामीले राजा चाहिन्छ भनेकै कारण थुन्न पाइन्छ ? यो देश राजा चाहिन्छ भन्नेको पनि होइन् ? यदि राजा चाहिन्छ भनेकै कारण मान्छे थुन्दै जाने हो भने जेल खाली गर्नुस् हामी लाखौ मान्छे थुनिन तयार छौं ।’
लिङ्देलले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई चुनौति दिँदै भने ‘सत्ता सधै तपाईको हातमा रहदैन्, संयमित हुनुस् पालो हामीहरुको पनि आउँछ ।’
लिङ्देलले अहिले आफ्ना नेतालाई राजा चाहिन्छ भनेकै भरमा थुनेकोप्रति आक्रोस पोखे । उनले भने ‘ रविन्द्र मिश्र र धवलसम्शेर राणालाई थुनेको छ । अब केपी ओली र रमेश लेखकसहितका नेताहरु पनि आफ्ना लाई राम्रो जेल बनाएर राख्न र भोलि थुनेने दाबी गरे ।
प्रतिक्रिया