तीनकुनेको घटना दोहोरिन नदिन सरकार सचेत, बल्खुमा सुरक्षा व्यवस्था निकै कडा (फोटोहरु)

490
Shares

काठमाडौं । चैत १५ गते राजावादीले काठमाडौंका तीनकुनेमा दुुई जनाको ज्यान जानेगरी गरेको विरोध प्रदर्शनले सचेत बनेको गृह प्रशासनले आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

तीनकुनेमा सुरक्षा निकायको कमजोर उपस्थिती हुँदा भएको मानवीय र भौतिक क्षति धेरै भएपछि आज बल्खुमा हुने जनप्रदर्शनमा सरकार निकै सचेत भएको छ । उक्त स्थानमा जनप्रदर्शन सुरु हुनुभन्दा अघि नै हजारौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल्खु तथा आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।

आज राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी