
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमाथि ‘रेसिप्रोकल ट्यारिफ’ (पारस्परिक महसुल) लगाउने घोषणा गरेका थिए । त्यसपछिबाट अमेरिकी सेयर बजारमा ठूलो गिरावट देखिएको छ । यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘म कुनै पनि कुरामा गिरावट चाहन्न, तर कहिलेकाहीँ कुरा सुधार गर्न औषधि खानैपर्छ ।’
राष्ट्रपति ट्रम्पले विभिन्न देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको हो ।
यद्यपि, राष्ट्रपति ट्रम्पले रोजगारी र लगानी अमेरिका फर्किरहेका छन्। अब छिट्टै विश्वले अमेरिकासँग खराब व्यवहार गर्न छाड्ने उनको भनाइ छ ।
प्रतिक्रिया