
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । यस्तै उक्त दुघर्टनामा परी २ जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडक खण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना भएको थियो । दुघर्टनामा परी दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ति दुवैको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
प्रतिक्रिया