
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनबाट ‘जनयात्रा’ सुरु गरेको छ ।
पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।
आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो ।
तर शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् ।
लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए । लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताएका थिए ।








प्रतिक्रिया