
आज मिति: विक्रम संवत् २०८१ चैत २३ गते, शनिबार, अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल ५ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ चौलाथ्व, संवत्सर कालयुक्तनाम, सूर्य उत्तरायण, ऋतु वसन्त।
चैत्र शुक्लपक्ष अष्टमी राति १२:३७ बजेसम्म, त्यसपछि नवमी लाग्नेछ। नक्षत्र: आर्द्रा बिहान १०:३७ बजेसम्म, त्यसपछि पुनर्वशु। योग: अतिगण्ड राति १२:५० बजेसम्म, त्यसपछि सुकर्मा।
करण: भद्रा दिउँसो १:११ बजेसम्म, त्यसपछि बव राति १२:३७ बजेसम्म, त्यसपछि बालव। चन्द्रमा मिथुन राशिमा रहेका छन्। चन्द्र आनन्दादि योग: आज मुद्गर रहेको छ। आज सूर्योदय बिहान ५:५२ मा हुनेछ, भने सूर्यास्त साँझ ६:२३ मा हुनेछ। दिनमान: १२ घण्टा ३१ मिनेट।
मेष
आज मेष राशी हुनेहरुले फर्निचरको सामाग्री, विद्युतिय सामाग्री, सुनचाँदीको महुमुल्य गरगहना वा मिठाइ किन्नु शुभ हुनेछ। परम्परागत वस्तु मनपरे माटोका भाँडा ढिक्की, जाँतो, ओखल, राडी तथा बाँसकाे संग्रह राम्रो विकल्प हुनेछ। हरियालीयुक्त स्थल घुम्न जाने उत्तम समय हो।
आज आँखा, दाँत र पिसावमा समस्या आउने देखिन्छ। समाधानको लागि भगवान विष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण शुभ रङ: रातो, अशुभ रङ: कालो, शुभ अङ्क: ३ र अशुभ अङ्क: ७ रहेको छ।
वास्तु टिप्स: वरिष्ठ कर्मचारीहरूको कुर्सी दक्षिण-पश्चिम दिशामा राख्नुहोस्। जसले कर्मचारी र प्रमुख बिच आमित्यता र सकारात्मक उर्जा ल्याउछ।
बृष
आज गहना, माटोका भाँडा, फेसन सामाग्री किचन ग्याजेट्स, हातमा लगाउने गहना र कृतिम झरना किन्न उपयुक्त हुनेछ। जंगल र बन्यजन्तु अवलोकन पार्क पनि घुम्न लाभकारी हुनेछ। आज गर्दन, पेट, र पाचन सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान शिवलाई सम्झी “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ८ रहेको छ।
वास्तु टिप्स: कार्यालयका भित्तामा प्रेरणादायक चित्रहरू, परिवारका तस्बिर वा सफलता प्रतिनिधित्व गर्ने तस्बिरहरू राख्नुहोस्। जसले काम गर्न र जिम्मेवारी निभाउन प्रेरित गर्दछ।
मिथुन
आज मिथुन राशिकालागि लेपटप, मोबाइल फोन, सस्तो इलेक्ट्रोनिक सामान, र किचन ग्याजेट्स किन्नको लागि शुभ हुनेछ। साथै, परम्परागत वस्तुहरू मन परे भने पानी राख्ने घडा, काँचका भाँडा र काठको वस्तुहरू पनि उपयुक्त हुनेछन्। आजको दिन तराइको समथरफाट, पार्क र एतिहासिक ठाउँ घुम्न जान उपयुक्त हुनेछ। आज सासको समस्या, हृदयसम्बन्धी समस्या र पेट सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पूर्व, अशुभ दिशा: पश्चिम, शुभ रङ: सुन्तला, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ९ रहेको छ।
वास्तु टिप्स: बैठकका स्थानहरू व्यवस्थित र गोलाकार राख्नुहोस्, जसले समूहगत मिलाप र समन्वयलाई बढाउँछ।
कर्कट
आज पानीका फाउन्टेन, आकर्षक लताकपडा र किचन ग्याजेट्स किन्नको लागि शुभ हुनेछ। साथै, माटोका भाँडा, काँचका कप र संग्रहणीय पुराना वस्तुहरू पनि राम्रो विकल्प हुनेछ। स्मारक स्थलहरू, सांस्कृतिक स्थानहरू र ऐतिहासिक महत्व राख्ने स्थानहरू घुम्न जानको उत्तम समय रहेको छ। आज पेट, पाचन समस्याहरू र किड्नी सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान चन्द्रमालाई सम्झी “ॐ सो सोमाय नमः” मन्त्र जप गर्नुहोस् शुभहुनेछ। शुभ दिशा: उत्तर, अशुभ दिशा: पश्चिम, शुभ रङ: सेतो, अशुभ रङ: कालो शुभ अङ्क: २ र अशुभ अङ्क: ८ रहेको छ।
वास्तु टिप्स: कार्यालयको उत्तर वा उत्तर-पूर्वी कोणमा पानीको तत्व राख्नाले समृद्धि र भाग्यको प्रवाह बढाउँछ।
सिंह
आज सुनचाँदीका गहना, पढ्नको लागि पुस्तक, जिम ग्याजेट्स, र आधुनिक इलेक्ट्रोनिक सामान किन्ने दिन शुभ हुनेछ। स्मार्टफोन र राम्रा फेसनका सामान पनि उपयुक्त विकल्प हुनेछ। पर्वत क्षेत्र, शपिङ ग्यालरी वा फिल्म हब जस्ता स्थान घुम्न जान उत्तम समय हो। आज हृदय, मुटु सम्बन्धी र गर्मीका कारण शारीरिक समस्या देखा पर्नसक्छ। आज भगवान सूर्यलाई सम्झी “ॐ घृणि सूर्याय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर शुभ रङ: सुनौलो, अशुभ रङ: खैरो, शुभ अङ्क: १ र अशुभ अङ्क: ९ रहेका छ्न।
वास्तु टिप्स: कार्यालयमा लक्ष्मीको चित्र, गणेशको मूर्तिहरू र स्वस्तिक चिह्न राख्नुहोस्। यी सबै प्रतीकहरूले समृद्धि र धनको आगमनलाई आकर्षित गर्छ।
कन्या
आज व्यावासिक पुस्तक, फ्रीज, राम्रो ग्यास चुलो, चाँदीको गहना किन्न उपयुक्त रहेको छ। कृषि क्षेत्र, फार्म हाउस र एकान्त प्रेमिल स्थलहरू घुम्न जाने उत्तम समय हो। आज पेट, पाचन समस्याहरू र मांसपेशी सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। आज भगवान गणेशलाई सम्झी “ॐ गं गणपतये नमः” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: पूर्व, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ४ रहेको छ।
वास्तु टिप्स: घरमा हरियाली राख्नुहोस्, विशेषगरी उत्तर-पूर्व वा दक्षिण-पूर्व क्षेत्रहरूमा। शुभ पौधाहरू जस्तै तुलसी, लक्कि डान्सिङ बांस वा मनी प्लान्ट राख्नाले लक्ष्मीको कृपा प्राप्त गर्न मद्दत पुर्याउँछ।
कन्या
आज व्यावासिक पुस्तक, फ्रीज, राम्रो ग्यास चुलो, चाँदीको गहना किन्न उपयुक्त रहेको छ। कृषि क्षेत्र, फार्म हाउस र एकान्त प्रेमिल स्थलहरू घुम्न जाने उत्तम समय हो। आज पेट, पाचन समस्याहरू, र मांसपेशी सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। आज भगवान गणेशलाई सम्झी “ॐ गं गणपतये नमः” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: पूर्व, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ४ रहेको छ।
वास्तु टिप्स: घरमा हरियाली राख्नुहोस्। विशेषगरी उत्तर-पूर्व वा दक्षिण-पूर्व क्षेत्रहरूमा। शुभ पौधाहरू जस्तै तुलसी, लक्कि डान्सिङ बांस वा मनी प्लान्ट राख्नाले लक्ष्मीको कृपा प्राप्त गर्न मद्दत पुर्याउँछ।
तुला
आज फर्निचर, गहना, घरेलु सामाग्री, मोबाइल, पानीको घडा, पित्तल्को भाँडा किन्न उपयुक्त समय रहेको छ। धार्मिक स्थल, साँस्कृतिक स्थल र पार्क घुम्न जाने उपयुक्त समय हो। नदी किनारा वा एतिहासिक स्थलहरू पनि राम्रो हुनेछ। आज गर्दन, शरीरको भित्री भाग, र यौन स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ। आज भगवान शुक्रलाई सम्झी “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर,शुभ रङ: सेतो, अशुभ रङ: कालो शुभ अङ्क: ६ र अशुभ अङ्क: ७ रहेको छ।
वास्तु टिप्स: कार्यालयका मूल्यवान गहना र धनको वस्तुहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा राख्नुहोस्, विशेष गरी दक्षिण-पश्चिम भागमा। यसले स्थिरता र धनको प्रवाह सुनिश्चित गर्दछ।
बृश्चिक
आज सुनको गहना, ११ मुखी रुद्राक्ष , रुद्राछ्को माला, रत्न, गाडी , किन्न शुभ हुनेछ। तामा वा धातुको भाँडा किन्न पनि शुभ हुनेछ। आजको दिन हिमाली क्षेत्र, नदी किनारा, र साँस्कृतिक स्थलहरू घुम्न जान उपयुक्त समय हो। जंगल र वन्यजीव पार्क पनि घुम्न लाभकारी हुनेछ। आज पेट, पाचन समस्याहरू, र तनाव सम्बन्धी समस्याहरू देखा पर्न सक्छ। हल्का योग र ध्यान गर्ने उपयुक्त समय हो। आज भगवान कालेश्वरलाई सम्झी “ॐ भौं भौमाय नम: मन्त्र जप गर्नुहोस्। दिन शुभ हुनेछ। शुभ दिशा: उत्तर ,अशुभ दिशा: पश्चिम, शुभ रङ: गाढा रातो, अशुभ रङ: कालो, शुभ अङ्क: २ र अशुभ अङ्क: ८ रहेको छ।
वास्तु टिप्स: फाउन्टेन, जलपात्र, वा पानीको चित्र उत्तर वा उत्तर-पूर्वी कोणमा राख्नाले धन र समृद्धि ल्याउँछ।
धनु
आज पढ्नको पुस्तक, लेदर सामान, सनग्लास र आधुनिक ग्याजेट्स किन्न शुभ रहेकोछ। कानमा लगाउने गहना, पाउजु, किचन ग्याजेट्स र राम्राफेसनका कपडा किन्न उपयुक्त विकल्प हुनेछ। आजको दिन पर्वत क्षेत्र, हिमाली क्षेत्रमा घुम्न जान उपयुक्त समय हो। साथै, नदितट र सांस्कृतिक स्थल पनि घुम्न लाभकारी हुनेछ। आज पेट, मांसपेशी, र पाचन सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। आज भगवान बिष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पूर्व ,अशुभ दिशा: दक्षिण, शुभ रङ: सुनौलो, अशुभ रङ: कालो , शुभ अङ्क: ५ र अशुभ अङ्क: ३ रहेको छ।
वास्तु टिप्स: कार्यालयको केन्द्र भाग (ब्रह्मस्थान) खाली राख्नुहोस्। यसले ऊर्जा प्रवाहलाई सहज बनाउँछ र शान्ति ल्याउँछ।
मकर
आज गहना,होम ऑटोमेशन डिवाइस, इयरबड्स,पुराना सिक्का, गुन्द्री, फेसनको आवस्यक कपडा किन्नु शुभ छ। साँस्कृतिक स्थलहरू, स्मारक क्षेत्र र पर्वत क्षेत्र घुम्न जाने उत्तम समय हो। आज हड्डी, गर्दन र पाचन सम्बन्धी समस्या देखा पर्न सक्छ। आज भगवान शनिदेवलाई सम्झी “ॐ शं शनैश्वराय नमः” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: दक्षिण ,अशुभ दिशा: उत्तर, शुभ रङ: कालो र अशुभ रङ: रातो शुभ अङ्क: ४ र अशुभ अङ्क: ७ रहेको छ।
वास्तु टिप्स: सेतो र कालो रंगको संयोजनमा चाँदीको, सुन्तला वा हरियो जस्तो उत्साहजनक रंगको प्रयोग गर्नुहोस्, जसले समृद्धि र उत्साह ल्याउँछ।
कुम्भ
तेल, नुन, पूजापाठको सामान, एक्युरियममा राख्न सकिने माछाहरु जस्तै: प्लाटी, स्वार्डटेल,गोल्डफिश,बेट्टा रमोल्ली। तेसैगरी फोटो आर्काइव, पुराना सवारीसाधन किन्नु पनि शुभ छ। आजको दिन साँस्कृतिक स्थल, गुराँस फूल्ने र हिमाली क्षेत्र घुम्न जान उपयुक्त रहेको छ। आज गर्दन,हड्डी, र सांसको समस्या देखा पर्न सक्छ। हल्का योग र ध्यान गर्दा स्वास्थ्यमा लाभ मिल्न सक्छ। आज भगवान शिवलाई सम्झी “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: उत्तर , अशुभ दिशा: पश्चिम, शुभ रङ: नीलो, अशुभ रङ: कालो, शुभ अङ्क: ८ र अशुभ अङ्क: ५ रहेको छ ।
वास्तु टिप्स: पहेंलो र हरियो रंङ्को संयोजनलाई अत्यधिक प्रयोग गर्दा, यसले कर्मचारी हरूको मानसिक थकान र अस्वस्थता उत्पन्न गर्न सक्छ।
मीन
आज आयुर्वेदिक औषधि, प्राकृतिक सामान, परम्परागत घडी, पुराना पेन्टिंगहरू किन्न शुभ हुनेछ। तेस्तै रेडियो र आधुनिक घरायसी उपकरण किन्न पनि शुभ रहेक छ। मठमन्दिर, हिमाली चिसो क्षेत्रहरु, नदी किनारा र साँस्कृतिक स्थलहरू पनि घुम्न जानू शुभहुनेछ। आज पेट, पाचन समस्याहरू, र सांस सम्बन्धी समस्या देखा पर्न सक्छ। आज भगवान विष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्।
शुभ दिशा: पश्चिम ,अशुभ दिशा: पूर्व, शुभ रङ: हरियो, अशुभ रङ: कालो शुभ अङ्क: ७ र अशुभ अङ्क: १ रहेको छ।
वास्तु टिप्स: सुन्तला र गुलाबी संयोजनले माया र अनुकूलता ल्याउन सक्छ, तर यदि अत्यधिक प्रयोग गरियो भने यसले भावनात्मक असन्तुलन र अत्यधिक संवेदनशीलता सिर्जना गर्न सक्छ।
प्रतिक्रिया