
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई हजारौं कागजात मागेर हतोत्साही बनाउने काम भएको बताए ।
महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको उनको भनाइ छ ।
उद्योगीहरुबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नु परेको उनको दाबी छ ।
‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु अपराध भएको हो ?,’ उनले भने, ‘यसको जवाफ जनताले दिने छन् ।’
प्रतिक्रिया