
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफू चेपाङ समूदायमा बत्ती बाल्न खटिएको समयमा हतोसही र दुरासयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भएपनि नेपाली जनताले आफूलाई आशिर्वाद दिएको बताए ।
आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।
कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ ।
एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसदको रोष्ट्रममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।
प्रतिक्रिया