आज शुक्रबार: कुन राशिलाई केमा लगानी गर्दा राम्रो ?

238
Shares

आज मिति: विक्रम संवत् २०८१ चैत २२ गते, शुक्रबार अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल ४ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ चौलाथ्व, संवत्सर कालयुक्तनाम, सूर्य उत्तरायण, वसन्त ऋतु। चैत्र शुक्लपक्ष सप्तमी तिथि राति ०१:५२ बजेसम्म, त्यसपछि अष्टमी। नक्षत्र: मृगशिरा बिहान ११:२३ बजेसम्म, त्यसपछि आर्द्रा। योग: शोभन राति ०२:५७ बजेसम्म, त्यसपछि अतिगण्ड। करण: गर दिउँसो १४:३८ बजेसम्म, त्यसपछि वणिज राति ०१:५२ बजेसम्म, त्यसपछि भद्रा। चन्द्रमा मिथुन राशिमा रहेका छन्।आनन्दादि योग: मानस। आज सूर्योदय बिहान ५:५३ मिनेटमा हुनेछ भने, सूर्यास्त साँझ ६:२२ हुनेछ।

मेष
आज मेष राशिका लागि बहुमूल्य धातु, आधुनिक प्रविधिसहितको मल्टिप्लेक्स थिएटर सञ्चालन, घर, गाडी, शिक्षा, तथा विलासिताका क्षेत्रमा लगानी गर्दा शुभ हुनेछ। तर, बैंक तथा वित्तीय नगद कारोबार, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानीले आर्थिक हानि हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यमा आज पेट र छातीमा समस्या आउनसक्छ। समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस्। तपाईंको लागि शुभ दिशा पश्चिम, अशुभ दिशा दक्षिण, शुभ रङ सेतो, अशुभ रङ कालो, शुभ अंक ६, र अशुभ अंक ८ रहेको छ।

बृष
आज बृष राशिका लागि शिक्षा, थीम पार्क र वाटर पार्क, बालबालिकादेखि युवासम्म आकर्षित गर्ने स्थान, खुद्रा व्यापार, घरजग्गा, ठुला उद्योग, सवारीसाधन तथा बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। तर, बैदेशिक रोजगारी, समुन्द्रपारको व्यापार, अनलाइन व्यापार, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुनसक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउनसक्छ। समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। तपाईंको लागि शुभ दिशा उत्तर, अशुभ दिशा पूर्व, शुभ रङ हरियो, अशुभ रङ कालो, शुभ अंक ५, र अशुभ अंक १ रहेको छ।

मिथुन
आज मिथुन राशिका लागि गेमिङ जोन भीआर, एआर वा ई-स्पोर्ट्ससँग सम्बन्धित केन्द्रहरू, व्यापार, शिक्षा, उद्योग, साथै घर, गाडी, र विलासिताका क्षेत्रमा पनि लगानी गर्दा लाभ मिल्नेछ। तर, स्वास्थ्य सेवा, मनोविज्ञान र सामाजिक सञ्जालसँग सम्बन्धित काममा समस्या आउनसक्छ, जसले हानि पुर्‍याउनसक्छ। स्वास्थ्यमा आज पेट र श्वासप्रश्वाससम्बन्धी समस्या आउनसक्छ; समाधानको लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: ५, अशुभ अंक: २ रहेको छ।

कर्कट
आज कर्कट राशिका लागि स्थिर व्यापार, घरजग्गा,नोन-परफर्मिङ एसेट” (Non-Performing Asset, NPA) क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। आयत-निर्यात, शिक्षा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, उद्योग र घरेलु मामिलामा पनि लगानी गर्दा लाभ हुनेछ। तर, स्वास्थ्य, होटल, अतिथी सत्कार र समाजसेवाका क्षेत्रमा केही नोक्सानको सम्भावना छ। स्वास्थ्यमा आज पेट र गला सम्बन्धी समस्या आउनसक्छ; समाधानको लागि “ॐ सों सोमाय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ।

सिंह
आज सिंह राशिका लागि ट्राभल र एडभेन्चर स्पोर्ट्स बन्जी जम्प, पैराग्लाइडिङ, स्काई डाइभिङजस्ता मनोरञ्जनात्मक यात्रा सेवा, निर्माण, सरकारी ठेक्का, सञ्चार, र पर्यटन क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, शिक्षा र कलाका क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ। अस्पताल, धार्मिक कार्यका क्षेत्र, बैंक, साझेदारी व्यवसाय र पारिवारिक पेशामा केही तनाव र समस्या आउनसक्छ, जसले हानि पुर्‍याउन सक्छ। स्वास्थ्यमा आज पेट र छातीसम्बन्धी समस्या आउनसक्छ; समाधानको लागि “ॐ घृणी सूर्याय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: सुन्तला, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ।

कन्या
आज कन्या राशिका लागि कन्टेन्ट क्रिएसन हब युट्युबर, ब्लगर, फिल्म निर्माता तथा डिजिटल मार्केटिङका लागि स्टुडियो, शिक्षा, व्यापार, घरजग्गा, सवारीसाधन र बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, घरेलु मामिलामा पनि लाभको सम्भावना छ। तर, स्वास्थ्य, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुनसक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: पहेंलो, अशुभ रङ: कालो, शुभ अंक: ५, र अशुभ अंक: १ रहेको छ।

तुला
आज तुला राशिका लागि इको-फ्रेन्डली रिसोर्ट, हरियाली प्रवर्द्धन गर्ने वातावरणमैत्री होटल, सेल्फ-ड्राइव कार रेन्टल, ग्राहकलाई कार ड्राइभ गर्नको लागि स्वचालित रेन्टल सेवा, व्यापार, शिक्षा, घरजग्गा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। साथै, बैंकको लिलाममा राखिएको सम्पत्ति, बाह्य व्यापार र सवारीसाधनका क्षेत्रमा पनि लाभ मिल्नेछ। तर, स्वास्थ्य, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुनसक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र पाचनसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: ६, र अशुभ अंक: ८ रहेको छ।

बृश्चिक
आज बृश्चिक राशिका लागि गाडी पार्ट्स र एक्सेसरीज, कारको पार्ट्स र विशेष एक्सेसरीहरूको व्यवसाय, प्रविधि र स्टार्टअप्स, हरित ऊर्जा, क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। साथै, कला र फेसन उद्योगमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ नम शिवाय” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ।

धनु
धनु राशिका लागि यात्रा र पर्यटन, बैदेशिक रोजगार, आयत निर्यात र पर्यटन क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। बायोटेक्नोलोजी र मेडिकल रिसर्च क्षेत्रमा पनि लगानी गर्दा फाइदा हुनेछ। तर सस्तो आवास, जलस्रोत, लिलाम बडाबड, सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुनसक्ने सम्भावना देखिन्छ। स्वास्थ्यमा आज मस्तिष्क र पेटसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर, शुभ रङ: सुनौलो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ७ रहेकोछ।

मकर
मकर राशिका लागि प्रविधि र स्टार्टअप्स, कला र फेसन उद्योग, र यात्रा र पर्यटन क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ। स्वास्थ्य र जैविक विज्ञान, बायोटेक्नोलोजी, र शहरी कृषि क्षेत्रका लगानीहरू पनि सकारात्मक परिणाम दिनेछन्। तर, जलस्रोत र हरित उर्जा, बैंक र वित्तीय नगद कारोबारमा लगानी गर्दा हानि हुनसक्छ। स्वास्थ्यमा आज हृदय र मस्तिष्कसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: नीलो अशुभ रङ: कालो, शुभ अंक: ४, अशुभ अंक: ६ रहेको छ

कुम्भ
कुम्भ राशिका लागि स्वास्थ्य र जैविक विज्ञान, हरित ऊर्जा, र इन्जिनियर पढाउने स्कुल कलेजमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रविधि र शहरी कृषि, र सस्तो आवास क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ। तर, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुनसक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउनसक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ।

मीन
मीन राशिका लागि कला र फेसन उद्योग र घर जग्गाका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। सस्तो आवास, प्रविधि नवप्रवर्तनकारी आइडिया, यात्रा र पर्यटनका क्षेत्रमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ। तर, स्वास्थ्य र जैविक विज्ञान, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुनसक्ने सम्भावना देखिन्छ। स्वास्थ्यमा आज श्वासप्रश्वास , गला र यौन समस्यासँग सम्बन्धित समस्या आउनसक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण-पश्चिम, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ७ रहेको छ।