
काठमाडौं । नेपालको लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको दाबी गरेको छ ।
नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले ८०० युनिटभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नम्बरको लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट एमएडब्लु वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको दाबी गरेको छ ।
पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार मोडेल सार्वजनिक गरेको छ । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ ।
एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल भएको दाबी छ । यस अवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिंग राई जस्ता देशका ३० भन्दा चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएको छ ।
सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।
दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्ड अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालिन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्याउन प्रतिबद्धता जाहेर गर्दछ । साथै, आफ्नो विश्वास, उत्साह र सहयोगमार्फत अद्वितीय दिपलको पहिलो वर्षलाई अद्वितीय बनाउन योगदान पुर्याउने सबै ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर र टिमप्रति आभार प्रकट गर्दछ ।
प्रतिक्रिया