
काठमाडौं । सरकारले नेपालमा उत्पादित सिमेन्ट र फलामे डण्डीको कारखाना गेट मूल्य(फ्याक्ट्री गेट प्राइस) अनिवार्य रुपमा उल्लेख गर्न उद्योगीलाई निर्देशन दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको प्याकेट तथा फलामे डण्डीको वण्डलमा उत्पादकले कारखाना गेट मूल्य अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने निर्देशन दिएको छ ।
यस्तै सिमेन्ट तथा डण्डी बिक्री गर्ने डिलर तथा बिक्रेताले पनि अनिवार्य रुपमा ब्राण्डसहित अधिकतम खुद्रा बिक्री मूल्य सूची उपभोक्ताले बुझ्ने भाषामा उल्लेख गरेर मात्रै बिक्री बितरण गर्नुपर्ने निर्देशन दिएको छ ।
पछिल्लो समयमा उद्योगीहरुले सिमेन्ट र डण्डीको मूल्य आफुखुशी वृद्धि गरेपछि आम उपभोक्ता मारमा परेका छन् । उद्योगीले मूल्य वृद्धि गरेपछि चौतर्फी रुपमा विरोध भइरहेका छन् ।
प्रतिक्रिया