
काठमाडौं । काठमाडौं महानरपालिकाका वडा अध्यक्षहरु र कर्मचारी आन्दोलित बनेका छन् ।
काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै कर्मचारीहरुले प्रदर्शन गरेका हुन् ।
कार्यकारी अधिकृतको कक्षमा ठूलो संख्यामा नगरप्रहरी परिचालन भएको छ ।
‘महानगरले कार्यकारीलाई रोक्न गेटमा रोक्न मिल्छ ?,’ आन्दोलनमा उत्रिएका एक कर्मचारीले भने,’कर्मचारीलाई न्याया गर्ने निकाय हुन्छ । कुनै एक व्यक्तिविरुद्ध यसरी लाग्न मिल्छ ?’
कार्यकारी अधिकृतलाई कारबाही गर्ने निकाय भएको र उनलाई हाजिर गर्न दिनुपर्ने उनीहरुको भनाइ छ ।’कर्मचारीमाथि अन्याय हुनु हुँदैन । नगरपालिकाभित्रै नगरप्रहरी परिचालन गरेर भित्र पस्न नदिएर हुन्छ ।’
गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा छन् । महानगरका मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।
काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई महानगरमा उपस्थित हुन दिइएको छैन ।
महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको छ ।
महानगरले आफूहरुलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ ।
प्रतिक्रिया