
काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाली बजारमा केही दिनयता लगातार बढिरहँदा बिहीबार सुनको मूल्य १ लाख ८० हजार पार भएको हो ।
नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३० रुपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने सामान्य घटेको छ । हिजो २ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी तोलामा आज २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि सुनको भाउ बढेको हो ।
प्रतिक्रिया