आज बिहीबार: कुन राशिले केमा लगानी गर्दा फाइदा ?

231
Shares

आज मिति: विक्रम संवत् २०८१ चैत २१ गते, बिहीबार अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल ३ तारिख। शक संवत् १९४७, नेपाल संवत् ११४५ चौलाथ्व, संवत्सर कालयुक्तनाम, सूर्य उत्तरायण, वसन्तऋतु ।

चैत्र शुक्लपक्ष पञ्चमी बिहान ०७:२३ बजेसम्म, त्यसपछि षष्ठी लाग्नेछ। नक्षत्र रोहिणी ०७:०५ अपराह्न बजेसम्म, त्यसपछि मृगशिरा। योग आयुष्मान ०३:५५ अपराह्न बजेसम्म, त्यसपछि सौम्या। करण भद्रा बिहान १०:३५ बजेसम्म, त्यसपछि बालव ०५:०२ अपराह्न बजेसम्म, त्यसपछि कौलव। चन आनन्दादि योग आज विष्णुयोग रहेको छ। चन्द्रमा मेष राशिमा रहेका छन्। आज सूर्योदय बिहान ५:५९ मिनेटमा हुनेछ भने, सूर्यास्त साँझ ६:२३ हुनेछ।

मेष

उत्साहजनक दिन रहेको छ। सप्लाई चेन टेक्नोलोजी, खाद्य उत्पादन र हस्पिटल व्यवसाय लाभदायक देखिन्छ, रियल स्टेट वा ठुला कर्जाको कारोबारबाट टाढा रहनु राम्रो, सन्तानको स्वास्थमा समस्या आउनसक्छ। समाधानका लागि ॐ क्रां क्रीं क्रौं सः मङ्गलाय नमः मन्त्र जप गर्नुहोस्। दक्षिणपश्चिम दिशा शुभ रहेको छ भने उत्तर-पश्चिम दिशा अशुभ रहेको छ। तपाईँका लागि शुभ रङ गाढा रातो वा मरून रहेको छ भने सेतो वा खैरो रङ अशुभ रहेको छ। शुभ अंक ९ रहेको छ भने अशुभ अंक ४ रहेको छ।

वृष

इको-टुरिज्म , स्मार्ट होम डिभाइसका क्षेत्रमा लगानी उपयुक्त हुन्छ। जीवनसाथीको अनावश्यक खर्चले समस्या आउनसक्छ। जग्गा-जमिन तथा सुनको कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। दिदी/बैनीसँग सहयोग मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ तर पाचन प्रणालीमा ध्यान दिनु उपयुक्त हुनेछ। समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्। तपाईँका लागि पश्चिम दिशा शुभ रहेको छ भने पूर्व दिशा अशुभ रहेको छ। शुभ रङ हल्का हरियो वा गुलाबी देखिएको छ भने, सेतो रङ अशुभ रहेको छ। शुभ अंक ३ देखिएको छ भने अशुभ अंक ५ देखिएको छ।

मिथुन

बैंक, बीमा कम्पनी, र वित्तीय सल्लाहकार सेवाहरूमा लगानी गर्नु उपयुक्त हुन्छ। आर्थिक पक्षमा सुधार देखिन्छ। नयाँ सम्झौतामा सहमति बन्ने सम्भावना छ। कानुनी उल्झन आउनसक्छ। कृषि र औद्योगिक व्यवसाय लाभदायक तर रियल स्टेटमा लगानी नगर्नुनै उचित हुन्छ। कान र दाँतको समस्या देखिनसक्छ। समाधानका लागि “ॐ बुं बुद्धाय नमः” मन्त्र १०८ पटक जप गर्नुहोस्। तपाईँका लागि आज पश्चिम दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ। गाढा नीलो वा श्वेत रङ शुभ रहेको छ। शुभ अंक १ रहेको छ भने अशुभ अंक ६ रहेको छ।

कर्कट

आर्थिक दृष्टिले मध्यम दिन रहेको छ। घरपरिवारमा केही असमझदारी आउनसक्छ। व्यापारमा राम्रो लाभ देखिए पनि ठूला लगानी नगर्नु उचित हुनेछ। रियल स्टेट र ठूला परियोजनाहरूमा लगानी रोक्नु राम्रो देखिन्छ। सन्तानको शिक्षामा ध्यान दिनु आवश्यक छ। मानसिक तनाव बढ्न सक्छ। समाधानका लागि “ॐ सोम सोमाय नमः” मन्त्र जप गर्नुहोस्। तपाईँका लागि उत्तर दिशा शुभ देखिन्छ भने पश्चिम अशुभ देखिन्छ। सेतो वा सिल्की निलो रङ शुभ र कालो रङ अशुभ देखिन्छ। शुभ अंक २ देखिन्छ भने अशुभ अंक ८ देखिन्छ।

सिंह

आत्मविश्वास बढ्ने दिन छ। आर्थिक सुधार देखिन्छ। व्यक्तिगत जीवनमा मिठास आउनेछ। जागिरमा प्रमोशन वा प्रशंसा पाइने सम्भावना छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। सवारीसाधन वा इलेक्ट्रोनिक्समा ठूलो खर्च हुनसक्छ। समाधानका लागि “ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा पूर्व र अशुभ दिशा उत्तर देखिन्छ। सुन्तला वा पहेँलो रङ शुभ रहेको छ भने खरानी रङ अशुभ रहेको छ। शुभ अंक ७ रहदा अशुभ अंक ५ रहेको छ।

कन्या

आज सम्बन्धहरू सुधार हुने दिन हो। व्यापारमा नयाँ अवसर मिल्नेछ। काममा सफलता पाइनेछ। कर्जा लिनु परेको खण्डमा सावधानी अपनाउनु पर्ने समय छ। दाम्पत्य जीवनमा मिठास आउनेछ। मानसिक शान्तिका लागि ध्यान आवश्यक। समाधानका लागि “ॐ बृं बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्। दक्षिण दिशा शुभ रहेको छ भने उत्तर अशुभ रहेको छ। हरियो वा नीलो रङ शुभ र रातो अशुभ रहेको छ। शुभ अंक ५ र अशुभ अंक ३ रहेको छ।

तुला

सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। पारिवारिक जिम्मेवारी बढ्नसक्छ। आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ अवसरहरू आउनेछन्। साझेदारी व्यवसायमा विवाद आउनसक्छ। वनसाथीको साथ मिल्नेछ। स्थ्यमा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या देखिनसक्छ। समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्। पश्चिम दिशा शुभ र दक्षिण अशुभ रहेको छ। हल्का गुलाबी वा सेतो रङ शुभ र खैरो अशुभ रहेको छ। शुभ अंक ६ र अशुभ अंक ४ रहेको छ।

वृश्चिक

कठिन परिश्रमको प्रतिफल पाइनेछ। व्यापारमा राम्रै फाइदा देखिन्छ। पारिवारिक सम्बन्ध सुधारिनेछ। नजिकका साथीभाइसँग सहयोग मिल्नेछ। शेयर बजार वा ठूला परियोजनामा लगानी नगर्नु उचित हुनेछ। मानसिक अशान्ति हुनसक्छ। समाधानका लागि “ॐ कं कें कौं सः भौमाय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा उत्तर रहेको छ भने पश्चिम अशुभ रहेको छ। गाढा रातो वा बैजनी रङ शुभ रहेको छ भने सेतो अशुभ रहेको छ। शुभ अंक ८ र अशुभ अंक २ देखिएको छ।

धनु

विदेश यात्रा वा अध्ययनका लागि अनुकूल समय छ। आत्मविश्वास बढ्नेछ। रोजगारीमा अवसर मिल्नेछ। साझेदारी व्यवसाय लाभदायक देखिन्छ। घरपरिवारमा सामञ्जस्य बढ्नेछ। स्वास्थ्यमा थकान वा जोर्नी दुखाइ देखिनसक्छ। समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्। पूर्व दिशा शुभ रहेको छ भने पश्चिम अशुभ रहेको छ। पहेँलो वा हरियो रङ शुभ रहेको छ भने नीलो अशुभ रहेको छ। शुभ अंक ३ र अशुभ अंक ९ देखिएको छ।

मकर

आर्थिक पक्ष सबल रहनेछ। व्यापारमा फाइदा हुनेछ। परिश्रम अनुसार लाभ मिल्नेछ। पारिवारिक जीवनमा सुख-शान्ति आउनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला। स्वास्थ्यमा छाती वा पाचनसम्बन्धी समस्या आउनसक्छ। समाधानका लागि “ॐ शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्। दक्षिण दिशा शुभ रहेको छ भने उत्तर अशुभ रहेको छ। नीलो वा कालो रङ शुभ रहेको छ भने पहेँलो अशुभ रहेको छ। शुभ अंक ४ र अशुभ अंक ७ देखिएको छ।

कुम्भ

नयाँ अवसरहरू आउनेछन्। भविष्यका लागि राम्रो योजना बनाउन सकिनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। नजिकका साथीहरूसँग असमझदारी बढ्नसक्छ। स्वास्थ्यमा रक्तचाप वा टाउको दुखाइ देखिनसक्छ। समाधानका लागि “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्। पश्चिम दिशा शुभ र उत्तर अशुभ रहेको छ। शुभ रङ गाढा नीलो वा बैजनी रहेको छ भने सेतो अशुभ रहेको छ। शुभ अंक ७ र अशुभ अंक २ रहेको छ।

मीन

धार्मिक कार्यमा मन जानेछ। पारिवारिक सम्बन्ध सुधारिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछ्न्। शिक्षा तथा खेल क्षेत्र मा लगानीमा शुभ हुने देखिन्छ। तर होटल पर्यटन तथा भारी उद्योगमा घाटा हुनसक्छ। स्वास्थ्यमा मानसिक तनाव बढ्नसक्छ। समाधानका लागि “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा उत्तर रहेको छ भने दक्षिण अशुभ रहेको छ। हल्का पहेँलो वा हरियो रङ शुभ रहेको छ भने रातो अशुभ रहेको छ। शुभ अंक २ र अशुभ अंक ५ देखिन्छ।