
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा प्रहरीबाट बन्दुक खोस्ने व्यक्ति पक्राउ परेका छन् ।
बन्दुक खोस्ने व्यक्ति पक्राउ परे पनि हराएको बन्दुक भने अझै फिर्ता हुन नसकेको प्रहरीले जनाएको छ ।
बन्दुक खोस्ने व्यक्तिमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट हिरासतको म्याद थप गरिएको छ ।
चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तीनकुनेस्थित मार्बल हाउस नजिक आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा सशस्त्र प्रहरीको अश्रु ग्यास प्रहार गर्ने बन्दुक खोसिएको थियो ।
प्रतिक्रिया