
काठमाडौं । प्रहरीको खोजी गरिरहेको राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि ज्यान जोगाउन लुकेको दाबी गरेका छन् ।
उनले आफू भागेको नभइ सुरक्षित बनेको तर्क गरेका छन् । प्रसाईंले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए। सो क्रममा उनले कयौं पटक अश्लील शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ । प्रहरी अहिले पनि उनको खोजीमा रहेको छ ।
फरार रहेका प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै प्रहरीसँग माफी मागेका छन् । उनले भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ। तपाईंहरूप्रति लक्षित दुष्मनी होइन। तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु ।’
उनले आफ्नो कानको छेवैबाट गोगी गएको र मार्न लागेको बुझेपछि घेरा तोडेको उनको तर्क छ ।
‘मेरो कानको छेवैबाट गोली गयो। मैले स्थिति बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास परेपछि यस्तो भएको हो,’ प्रसाईंले भिडियोमा भनेका छन्,’ मलाई मार्ने योजना रहेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
प्रतिक्रिया