
काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङ र हितेन्द्र देव शाक्यको मुद्धा हेर्न नमिल्नेमा राखेको छ ।
आइतबार सर्वोच्चका प्रधानन्यायधिश प्रकाशमान सिंह राउत र न्यायधिश शारङ्गा सुवेदीको सयुक्त इजलासले दुवैको मुद्धा हेर्न नभ्याइनेमा राखेको हो ।
विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट गैर कानुनी रुपमा हटाएको भन्दै बिहिबार घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सरकारले ४ वर्ष अगाडिको कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी चढेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मुसलमानले अन्तरिम आदेश दिएनन् भने आइतबार दुबै पक्षलाई बोलाउने आदेश गरेका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणमा प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया