
काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ। पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिएको थियो । उक्त टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालले गरेका थिए।
तर, नयाँ सुरक्षा व्यवस्थाअनुसार डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको छ ।
भीभीआइपीलाई प्रदान गरिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी रहने प्रावधान रहेको छ । तर, निर्मल निवासमा यसअघि २५ जना सुरक्षाकर्मी खटिएका थिए जसलाई हाल नीति अनुरूप घटाइएको स्रोतले जनाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरेको थियो । प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु समेत भएको थियो । पूर्वराजा शाहले फागुन ७मा राजतन्त्रका लागि आन्दोलनमा उत्रिन आह्वान गरेपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो । दुर्गा प्रसाईंको कमाण्डमा भएको राजावादीको आन्दोलन हिंसात्मक बन्द कयौं निजी सम्पत्तिमा क्षति पुगेको छ ।
प्रतिपक्षी दलहरुले पूर्वराजामाथि नियन्त्रण गर्नुपर्ने दबाब सरकारलाई दिइरहेका छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट ज्ञानेन्द्र ह्यास ट्याग चलाइरहेका छन् ।
हिंसात्मक प्रदर्शन र लुटपाटम संलग्न भएको आरोपमा प्रहरीले १ सयभन्दा बढीलाई पक्राउ गरेको छ । तर, कमाण्डर दुर्गा प्रसाईं भने अहिलेसम्म फरार छन् ।
प्रतिक्रिया