
काठमाडौं । कर्फ्युको समयमा यात्रा गर्ने हवाई यात्रुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं (काठमाडौं सीडीओ)ले सहजीकरण गर्ने भएको छ ।
शुक्रबार साढे चार बजेदेखि रातको १० बजेसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) अनुसार कर्फ्यु लगाएकोले सो समयमा यात्रा गर्ने हवाई यात्रुलाई काठमाडौं सीडीओले सहजीकरण गर्ने भएको छ ।
हवाई यात्रुको सहजतालाई दृष्टिगत गरेर हवाई टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्ने यात्रलाई सहजीकरण गर्न र त्यसको समन्वय सुरक्षा निकायबाट हुने जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको एक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया