
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रवक्ताको जिम्मेवारी राजाभाई शिल्पकारले पाएका छन् ।
प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले चन्दन घोषले पाइरहेको प्रवक्ताको जिम्मेवारी राजाभाइलाई दिएका हुन् । शाक्यले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि आफू अनुकुलको टिम बनाइरहेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर शाक्यलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रतिक्रिया