
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तिको विरोधमा माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा सहभागी एकजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
घिसिङको समर्थनमा उत्रिएका उनले त्यक्रममा राजसंस्था समर्थित प्रदर्शनमा समेत देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
उनले आफू अमेरिकी नागरिक भएको बताएको प्रहरीले जनाएको छ ।
जुली नाम बताउने उनले ५८ वर्ष भएको बताएका छन् । सुरुवाती सोधपुछका क्रममा उनले आफू कुनै पनि देशको नागरिक नभएको दाबी गरेका थिए, तर पछि अमेरिकी राहदानीधारी भएको खुलेको छ ।
उनको मोबाइलमा पासपोर्टको फोटो फेला परेको प्रहरीको भनाइ छ । तर पासपोर्टको म्याद सकिएको देखिएको छ । उनी नेपालमा पर्यटक भिसामा आएका थिए तर भिसा अवधि समाप्त भइसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यदि उनी ओभरस्टे प्रमाणित भएमा अध्यागमन ऐनअनुसार कारबाही भई डिपोर्ट समेत हुन सक्ने प्रहरीले जनाएको छ।
हाल उनी प्रहरी हिरासतमा छन् र उनको राहदानी तथा भिसा सम्बन्धी थप जाँच भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया