पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर फर्किए दुर्गा प्रसाईं

2.7k
Shares

काठमाडौं । राजावादीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका छन् । प्रदर्शनको तयारीका बीच राजावादीहरुले विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई कमान्डर तोकेका छन् ।

यसैबीच प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । भोलि आयोजना हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा प्रसाईंले महाराजगञ्जस्थित निर्मल निवास पुगेर शाहसँग भेटवार्ता गरेका हुन् ।

निर्मल निवासबाट बाहिरिएपछि उनी नवराज सुवेदीको नेतृत्वको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेका थिए ।