सेयर बजारमा दोहोरो अंकको सुधार, लगानीकर्ताको ध्यान जलविद्युतमा

105
Shares


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक ४०.४७ अंकले बढेर परिसूचक २६२३.२१ बिन्दू कायम भएको छ ।

३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २३१ कम्पनीको सेयर बढेको छ भने १२ कम्पनीको घटेको छ ।

यो दिन सबै समूहको उपसूचक बढेको छ । कारोबारमा राधी हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, बुद्दभूमी नेपाल हाइड्रो, युनाइटेड आईडीआई मर्दी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।